६. समितिको कोष
(१) समितिको आफ्नो एउटा छुट्टै कोष रहने ।
(२) समितिको कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट अस्पताल संचालनको लागि प्राप्त तलब भत्ता वा अनुदानको रकम,
(ख) अस्पतालको सेवा प्रदान गरे बापत प्राप्त रकम,
(ग) अन्य दातृ संस्था वा दाताहरूबाट प्राप्त हुने रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) समितिको सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाबाट रकम प्राप्त गर्नु अघि नेपाल सरकारको पुर्व स्वीकृति प्राप्त गर्नु पर्नेछ।
(५) समितिको नाममा कुनै वाणिज्य बैंकमा खाता खोली कोषको संचालन गरिनेछ ।
(६) समितिको कोषको संचालन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(७) नेपाल सरकार, विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट ज्ुन कार्यक्रमका लागि रकम प्राप्त भएकोछ सो रकम सोही कार्यक्रममा खर्च गर्नु पर्नेछ ।